भारतीय कंग्रेसको पुरानो किल्ला मानिने उत्तर प्रदेशको अमेठीमा अध्यक्ष राहुल गान्धी र भारतीय जनता पार्टीकी स्मृति इरानी बीच कडा टक्कर हुने देखिएको छ।
विहान १० बजेसम्मको मतपरिणाममा गान्धीले अग्रता लिएका छन्। सवा आठबजेबाट सुरू भएको मतगणनाको पछिल्लो परिणाम अनुसार इरानीलाई उनले जम्मा १ हजार ७ सय मतले अग्रता दिएका छन्।
२०१४ को चुनावमा राहुलले यहाँबाट इरानीलाई नै एकलाख मत अन्तरले जितेका थिए।
पहिले यो क्षेत्रमा राहुलकी आमा सोनिया गान्धीले लड्दै आएकी थिइन्। २००४ मा उनले अमेठी छोडेर रायवरेलीबाट चुनाव लड्न थालिन्। रायवरेली पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको क्षेत्र हो।
सोनिया उता गएपछि राहुल गान्धी अमेठीबाट सांसद बन्दै आएका छन्। २००४ मा राहुलले ६६ प्रतिशत भोट ल्याएका थिए। २००९ मा उनले उक्त मत बढाएर ७२ प्रतिशत बढाएका थिए। तर २०१४ मा उनको मत एकै ४६ प्रतिशतमा सिमित भयो।
त्यो मत गान्धी परिवारले अमेठीबाट पाएको सबैभन्दा कम मत थियो।
त्यतिबेला इरानीलाई राहुलले झण्डै १ लाख मत अन्तरले ले जितेका थिए। राहुलले ४ लाख मत प्राप्त गर्दा ईरानीले ३ लाख मत कटाएकी थिइन्। अमेठी कांग्रेसको गढ मानिने अमेठी यसपालि कंग्रेसले गुमाउन पनि सक्ने भारतीय सञ्चारमाध्यामले जनाएका छन्।
त्यसैले राहुल केरलाको वायनाथबाट पनि चुनाव लडेका हुन्। त्यहाँ उनले अग्रता लिएका छन्। अमेठीमा इरानीसँग उनको कडा टक्कर भएपनि वायनाथमा भने राहुलले सजिलै जित हात पार्न सक्ने भारतीय सञ्चारमाध्यामले जनाएका छन्।