नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङ जिल्लाका पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण बुधबार घोराहीमा भएको छ।
नेकपा दाङको कमिटी १ सय ५५ सदस्यको छ।
प्रदेश नं. ५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज शंकर पोखरेलले पूर्वएमालेबाट ८५ र पूर्व माओवादीबाट ७० गरी कुल १ सय ५५ सदस्यलाई मुख्यमन्त्रीले एकसाथ सपथ ग्रहण गराएका हुन्।
५ प्रदेशका १२ जिल्लामध्ये दाङमा सबभन्दा पहिला सपथ ग्रहण कार्यक्रम गरिएको छ।
नेकपामा पार्टीको एकता भएको झण्डै एक वर्षपछि जिल्ला तहको एकता टुंगिएको हो।
नेकपा प्रदेश कमिटीको वैशाख २८ गते बसेको बैठकले प्रदेशका १२ जिल्लामा एकता टुंग्याउने निर्णय पारित गरेको थियो। बुधबार नै मुख्यमन्त्री पोखरेलले घोराहीस्थित एउटा रेडियोको साधारणसभा र विजौरीस्थित जनता विद्यापिठको नव निर्मित सटरको पनि उद्घाटन गरेका थिए ।