प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले अर्थमन्त्री युवराज खतिवडालाई एउटा बाटो रोज्न आग्रह गरेका छन्।
आर्थिक वृद्धिदर र समानता तथा सामाजिक न्याय सँगसँगै जान नसक्ने भन्दै सांसद गिरिले अर्थमन्त्री खतिवडालाई एउटा बाटो रोज्न आग्रह गरेका हुन्।
प्रि-बजेटबारे मंगलबार प्रतिनिधिसभामा छलफलमा भाग लिएका गिरिले भने, ‘वृद्धिदर र उच्च समानता तथा सामाजिक न्याय सँगसँगै जान सक्दैन, प्राथमिकता स्पष्ट गरेर एउटा बाटो रोज्नुस्।’
यो पनि पढ्नुस्:
अर्थमन्त्रीले भने - यो वर्ष छुट दिनुस्, आउँदो वर्षको दिनगन्ती सुरू गर्नुस्
अर्थमन्त्री विज्ञताको पद नभएको उनले बताए। ‘विदेशमा पढेर आएका, पिएचडी गरेका तर नेपालको हकमा गहुँ र धानको फरक नबुझ्ने, प्याजलाई पानी चाहिन्छ कि चाहिँदैन?, आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्न नसक्ने मानिसहरु हाम्रो सरकारको पालामा अर्थमन्त्री भए,’ उनले भने।