प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा राजनीतिक र गैरसरकारी संस्थाहरुले चलखेल गरेको आरोप लगाएका छन्।
नेकपाको संसदीय दलको बैठकमा ओलीले राजनीतिक र गैरसरकारी संस्थालाई दोषी पत्ता नलाग्नुको आरोप थुपारे।
'घटना हुन नपाएँदै राजनीतिक दल र गैर सरकारी संस्था मैदानमा उत्रिए, निष्पक्ष ढंगले छानविन हुन पाएन', ओलीले भने, 'यसलाई किन गिरफ्तार गरेको उसलाई किन नगरेको भनेर सडकबाट दबाब दिइयो।’
ओलीले निर्मला पन्तको परिवारलजाई समेत प्रभावित पारिएको टिप्पणी गरे।
'एक त छोरी मरेको छ। अर्कोतिर छेकेर, घेरेर, थुनेर, अनसन बसाएर मानसिक सन्तुलन गुम्ने अवस्थामा राखेर राजनीतिक खेलौना बनाइयो', प्रधानमन्त्री ओलीले टिप्पणी गरे। सोमबार प्रतिनिधि सभाको अधिवेशनमा निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने अपराधी पक्राउ नगरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको आलोचना गरेको थियो।
ओलीले निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरण कसले र किन गर्यो भन्ने पत्ता लाग्ने उल्लेख गरे। उनल निर्मला पन्तको हत्या पछि बलातकार प्रकरणमा दोषी पत्ता लगाउने दावी समेत गरे। 'दोषी पत्ता लाग्छ', उनले भने, 'आपराधिक घटनामा राजनीति गर्ने प्रवृती ठिक होइन।’