सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अन्तर प्रदेश परिषदको बैठक बसेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्रीहरु बैठकमा सहभागी छन्। केहीबेर अघि सुरु भएको बैठकमा आगामी बजेटबारे छलफल केन्द्रित छ।
गएको चैत तेस्रो साता बसेको अन्तर प्रदेश परिषद बैठकमा मुख्यमन्त्रीहरुले आउने बजेटमा कम्तिमा पनि ३३ प्रतिशत हिस्सा प्रदेशलाई दिन आग्रह गरेका थिए।
बैठकमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत उपस्थित भएका छैनन्। पार्टीको कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै मुख्यमन्त्री राउत उपस्थित नभएको स्रोतको भनाइ छ।