विवेकशील नेपाली दलले नेपालमै पहिलोपल्ट अनलाइन निर्वाचन मार्फत प्रतिनिधि छान्न अनलाइन निर्वाचन गरेको छ।
अनलाइन निर्वाचनबाट दलको २५ पैसासमेत खर्च नभएको र एक पाना पनि छपाई नगरिकन सम्पन्न गरिएको हुनाले वातावरण प्रदुषणरहित मतदान सम्पन्न भएको विवेकशील नेपाली दलले जनाएको छ।
अन्य निर्वाचनमा कर्मचारी भत्ता, तलब, पाल, ब्यालेट बाकस ,छाप, लगायतका बिबिध ब्यवस्थापन तथा खर्चहरुहुने भएके भए पनि अनलाइन सिस्टमबाट निर्वाचन गर्दा आर्थिक खर्चको भार नपरेको दलको भनाइरहेको छ।
निर्वाचनको अर्को रोचक पक्ष यो पनि हो कि निर्वाचन सञ्चालक श्रीकृष्ण भट्टराई (अमेरिका), कर्मा लामा तामांग (जर्मनी) र संजय रिमाल (अमेरिका) ले विदेशबाटबाट नै नेपालमा प्रदेश स्तरीय अनलाईन निर्वाचन आयोजना गर्न सफल भएका छन्।
मतदाताको आफ्नो अनुकुल समयमा मतदान गर्न पाउने सुबिधा पनि पाउने भएकोले यसलाई नेपाली इतिहासको नै नमुना निर्वाचन भएको दलको दाबी रहेको छ। यस विषयमा दलले आफ्नो धारणा सहित बिहिबार निकालेको प्रेस विज्ञेप्तीमा विवेकशील नेपाली दलले प्रवास समितिलाई एउटा छुट्टै प्रदेशको मान्यता दिलाएको समेत जनाएको छ ।
पार्टीले आयोजना गर्न लागेको पार्टीको राष्ट्रिय सम्मेलन आयोजना गर्ने उद्देश्यले अब गठन गरिने आयोजक समितिमा केन्द्रीय सदस्यहरु बाहेक , २१ जना नयाँ सदस्यहरु थपेर राष्ट्रिय सम्मेलन आयोजक समिति समेत गठन गरिने भएको छ।
विज्ञेप्तीमा उल्लेख गरिए अनुसार पार्टीको केन्द्रले हरेक प्रदेशबाट २(२ जना गरि कुल १६ जना प्रतिनिधि माग गरेर, कुल २१ जना नयाँ सदस्य थप गर्ने वैधानिक प्रणालीको विकास गरेको थियो । आफ्ना प्रदेशबाट सो २ जना प्रतिनिधि छान्ने जिम्मेवारी अनलाईन निर्वाचन पद्धति मार्फत नै प्रदेश-३ र प्रदेश ८ (प्रवास समिति) ले सफलता पूर्वक सम्पन्न गरेको छ।
अनलाइन मार्फत गर्न लागिएको निर्वाचनकालागि ब्यालट बिन नामक सफ्टवेयरको प्रयोग गरिएको थियो भने निर्वाचनको समय सकिएको ५ मिनेटमा नै परिणाम उपलब्ध गराउन पनि सञ्चालक सफल भएका थिए।
भर्खरै सम्पन्न भएको निर्वाचनमा सुरेश भट्ट आश्रिन र सारा प्याकुरेल प्रदेश ८ को र सरला लामिछाने र सन्जिब भट्टराई प्रदेश ३ को बिजेता भए। मतदानको केही हप्ता अगाडिदेखि नै उमेदवारले आफ्नो परिचय दिने र मतदाताहरुसँग मतको लागि अनुरोध गर्ने कार्य पनि सोही प्रविधि मार्फत नै गरिएको हो।