भारतको चुनाव आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टीका सुप्रिमो (प्रमुख) मायावतीलाई चुनाव प्रचारमा रोक लगाएको छ।
उनीहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले प्रतिबन्ध लगाउनु परेको भारतीय चुनाव आयोगले जनाएको हो।
भारतीय सञ्चार माध्यम बिबिसी हिन्दीका अनुसार योगीलाई तीन र मायावतीलाई दुई दिन चुनाव प्रचार गर्न रोक लगाइएको हो। यो प्रतिबन्ध भोलि (१६ अप्रिल) बिहान ६ बजेबाट लागू हुने बताइएको छ।