प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना झापा जिल्लाका सबै पूर्वनिर्धारित कार्यक्रम रद्ध गरेर हावाहुरी प्रभावित जिल्ला जाने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिएको जानकारी अनुसार प्रम ओली आफ्ना सबै कार्यक्रम रद्ध गरेर हेलिकप्टरमार्फत त्यता जान लागेको हुन्।
ओली आज झापाका तीन कार्यक्रम सहभागी हुने योजनामा थिए ।
प्रधानमन्त्री आज बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्नेछन्।
प्रम ओली हिजो आइतबार विभिन्न कार्यक्रममा सहभागी हुन झापा गएका थिए।
हिजो बारा र पर्सामा आएको असिनापानीसहुतको ठूलो हावाहुरूमा २७ जनाले ज्यान गुमाएका थिए भने ५०० बढि घाइते भएका थिए।
बारा र पर्सामा आइतबार राति साढे ८ बजेबाट करिब आधा घन्टा तीब्र हावाहुरी चलेको थियो। बाराको फ्रेटा गाउँपालिका, पर्सौनी गाउँपालिका र सुवर्ण गाउँपालिकामा २५ जनाको मृत्यु भएको छ भने वीरगञ्ज-१२ गण्डकमा बिजुलीको पोल ढल्दा एक जनाको मृत्यु भएको छ।