कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी पदाधिकारी थप गरेको छ।
मंगलबार अध्यक्ष थापाले वरिष्ठ उपाध्यक्षमा धादिङका बुद्धिमान तामाङ र पर्साका राजीव पराजुली मनोनित गरेका हुन्।
पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार उपाध्यक्षमा बाँकेका प्रेमबहादुर भण्डारी, भोजपुरका टंक ढकाल, बैतडीका नरेन्द्रबहादुर चन्द, स्याङ्जाका तोरणबहादुर गुरुङ, ललितपुरका शोसन कार्की, म्याग्दीका भीमप्रसाद गौचन, सिरहाका महेशलाल महासेठलाई उपाध्यक्ष मनोनित गरेका हुन्।
यस्तै महामन्त्रीमा झापाका राजेन्द्र लिङ्देन र बाँकेका धवलशम्शेर जवरा मनोनित भए। प्रवक्तामा सुशील श्रेष्ठ, भुवन पाठक र निलकण्ठ काफ्ले मनोनित भएका छन्।
राप्रपाले सहमहामन्त्री, सहायक महामन्त्री, सहायक प्रवक्ता र पार्टीका प्रदेश प्रमुखहरू पनि मनोनित गरेको छ।