सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णभक्त पोखरेलले संघीय संसदको हिउँदे अधिवेशन कानुन निर्माणका दृष्टिले धेरै महत्वपूर्ण रहेको टिप्पणी गरेका छन्।
नेकपाका प्रतिनिधिसभाका सांसद समेत रहेका उनले आइतबार संघीय संसदको हिउँदे अधिवेशन अन्त्य भएपछि सञ्चारकर्मीमाझ कानुन निर्माणका दृष्टिले स्वर्णिम समयको रूपमा हिउँदे अधिवेशन लिँदा फरक नपर्ने दाबी गरे।
संसदको हिउँदे अधिवेशनमा संविधान अनुकूल हुने गरी २ सय ६२ वटा कानुन, २८ वटा नयाँ कानुन र वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ थप २ वटा कानुन निर्माण गरिएको छ। यस दृष्टिले हेर्दा संसदको यो हिउँदे अधिवेशन सर्वाधिक सफल भएको नेता पोखरेलको दाबी छ।
नेता पोखरेलले सरकारले पनि कानुन निर्माणको काममा सोचे अनुसारनै तीव्रता दिएको पनि बताए।
उनले कानुन निर्माणमा व्यापक छलफल गरिएको अधिवेशनको रूपमा पनि सो हिउँदे अधिवेशनलाई लिनुपर्ने धारणा पनि राखे।