प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार संसदप्रति जवाफदेही नभएको आरोप लगाएको छ।
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आइतबार संघीय संसदको हिउँदे अधिवेशन अन्त्य भएपछि सञ्चारकर्मीमाझ यो अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली आफैं संसदप्रति जवाफदेही नभएको प्रतिक्रिया दिएका हुन्।
उनले सांसदहरूले उठाएका अनेकन प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी नभएको दाबी गरे।
प्रमुख सचेतक खाँडले कानुन निर्माणका दृष्टिले भने संसदको हिउँदे अधिवेशन सकारात्मक रहेको पनि स्पष्ट पारे।
प्रमुख सचेतक खाँडले आगामी दिनमा संसदप्रति उत्तरदायी बन्न प्रधानमन्त्री ओली र मन्त्रीहरूको गम्भीर ध्यानाकर्षण पनि गराए। सरकारले महँगी नियन्त्रण गर्न, शान्ति सुरक्षा कायम गनुपर्ने लगायतका जन सरोकारका विषयमा पनि ध्यान दिन नसकेको उनको भनाइ छ।