प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित आठ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्युरो र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राति काभ्रेबाट उनीसहित उनीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खडकालाई पक्राउ गरेको हो।
ओली विप्लवपछि तेस्रो वरियताका नेता हुन्। प्रहरी स्रोतका अनुसार ओलीले नख्खु बिस्फोट र काठमाडौंमा भएका ठूला बिस्फोटका घटनाको जिम्मेवारी लिएका थिए।
काभ्रेबाट काठमाडौं आइरहेको विशेष सूचनाका आधारमा प्रहरीको टोली विप्लव माओवादीका नेता पक्रन हिँडेको थियो।