मुस्लिम आयोगको अध्यक्षमा समिम मियाँ अन्सारी नियुक्त भएका छन्।
संवैधानिक परिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले अन्सारीलाई अध्यक्षमा नियुक्त गरेकी हुन्।
संसदीय सुनुवाइ समितिबाट अनुमोदित नभए पनि अन्सारी अध्यक्ष भएका छन्।
अध्यक्षमा अन्सारीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णयमा सुनुवाइ समिति पुग्न सकेको थिएन।
अन्सारीको नागरिकता विवादमा परेपछि छानबिन पनि गरिएको थियो। साथै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवाद, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले समितिको बैठक बहिष्कारको निर्णयले अन्सारीलाई अध्यक्ष बन्न सहज बाटो खुलेको थियो।