राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि संवैधानिक परिषद्बाट सिफारिस व्यक्तिहरूलाई नियुक्त गरेकी छिन्।
बिहिबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले उनीलाई नियुक्त गरेकी हुन्।
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा समक्ष नवनियुक्त अध्यक्षहरूले आ-आफ्नो अध्यक्ष पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
क्र.सं. | नामथर | निकाय |
1 | श्री बालानन्द पौडेल | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग |
2 | डा. शान्तराज सुवेदी | राष्ट्रिय समावेशी आयोग |
3 | डा. विजयकुमार दत्त | मधेशी आयोग |
4 | श्री बिष्णुप्रसाद चौधरी | थारु आयोग |
5 | श्री समिम मिँया अन्सारी | मुस्लिम आयोग |