राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन्। राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’ को वुमन इन पावर कार्यक्रममा भाग लिएर शुक्रबार अपरान्ह स्वदेश फर्किएकी हुन्।
आइतबार न्यूयोर्क प्रस्थान गरेकी । राष्ट्रपतिले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी थिइन्।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसरमा उनको सम्मानमा नेपाली सेनाले सलामी अपर्ण समेत गरेको थियो ।