राष्ट्रिय सभामा सांसद कोमल ओलीले रामबहादुर बमजनको विषयमा प्रश्न गरेकी छन्।
बुधबार गृहमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रश्न गर्दै वलीले प्रश्न गरिन्-लिटिल बुद्ध रामबहादुर बमजनको अपराध र क्रियाकलाप बाहिर आफैं आएर पीडित युवतीहरूले भन्दा पनि अहिलेसम्म किन कारबाही हुन सकेको छैन?’
बमजनलाई पक्राउ गर्न किन नसकेको भन्दै उनले यस विषयमा प्रहरीको कारबाही कहाँ पुग्यो भनि प्रश्न गरेकी छन्।
‘सुन्नमा आएको छ। प्रहरीले दिएको प्रतिक्रियामा हामीले पकाउ गर्ने सक्ने अवस्थामा छैनौं भनेको छ, के कति कारणले उनीमाथिको कारबाही अगाडि बढेको छैन। यस सम्बन्धी म जानकारी चाहन्छु।’
गृहमन्त्रीको जवाफ-
राज्यले यसलाई गम्भीरताका साथ लिएको छ। यसको बारेमा सरकारले छानबिन गरिरहेको छ। मिडियामा पनि आइरहेको छ। सबैलाई थाहा छ। यसलाई सरकारले हल्का रूपमा लिएको छैन। गम्भीर रूपमै लिएको छ।