आगामी चैत ९ गतेदेखि जनकपुरधाममा तेस्रो शहिदकप आमन्त्रण ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ।
शहिदको सम्झनामा लगातार तेस्रो पटक हुन लागेको प्रतियोगिता १० दिनसम्म चल्नेछ।
संयोजक रूपेश कुमार सिंहका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० वटा टिमको सहभागिता हुनेछ।
प्रतियोगितामा प्रदेश दुईबाट जनकपुरधाम र वीरगन्ज, प्रदेश एकबाट विराटनगर, प्रदेश तीनबाट काठमाडौं, प्रदेश चारबाट पोखरा र प्रदेश पाँचबाट भैरहवा गरी नेपालबाट ६ वटा टिम र भारतबाट पटना, दरभंगा, मुज्जफरपुर र कानपुर टिम गरी ४ वटा टिम सहभागी हुनेछन्।
प्रतियोगिताको उपाधि जित्ने टिमलाई ट्रफी, प्रमाणपत्रका साथै २ लाख ११ हजार नगद, दोस्रो हुने टिमलाई ट्रफी, प्रमाणपत्र र १ लाख ५ हजार नगदबाट पुरस्कृत गरिने बुधबार जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
प्रतियोगिताको म्यान अफ द सिरिजलाई २१ हजार नगद र मेन अफ द म्याचलाई २ हजार १ सय नगदबाट पुरस्कृत गरिने छ।