सरकारले ६ जना सचिवको सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न मन्त्रालयका सचिवको सरूवा गरेको हो।
स्रोतका अनुसार संस्कृति, पर्यटन, नागरिक तथा उड्ययन र यूवा तथा खेलकुद मन्त्रालयमा सचिव अदलबदल भएको छ। पर्यटन सचिव कृष्णप्रसाद देवकोटा खेलकुदमा र खेलकुद सचिव मोहनकृष्ण सापकोटा पर्यटनमा सरूवा भएका छन्।
त्यस्तै प्रधानमन्त्री कार्यालयमा रहेका दीपेन्द्रनाथ शर्मा खानेपानी सचिव बनेका छन्। खानेपानी सचिव गजेन्द्र ठाकुर सरूवा भएर जगेडामा राखिएका छन्।
रक्षा सचिव विष्णु लम्साल प्रधानमन्त्री कार्यालयमा सरूवा भएका छन् भने प्रधानमन्त्री कार्यालयका रेश्मीराज पाण्डे रक्षा सचिव बनेका छन्।