प्रदेश दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रेस जगतलाई प्रदेशमा स्वतन्त्र बनाइने प्रतिवद्धता व्यक्त गरेका छन्।
मन्त्री यादवले प्रदेशको चौतर्फी विकासका लागि पत्रकार र सञ्चार माध्यमहरू पूर्ण स्वतन्त्र हुनु आवश्यक रहेको बताए।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले संघीय सरकारले जसरी पत्रकार र सञ्चार माध्यमलाई बन्दी बनाउन खोजिरहेको आरोप समेत लगाए। संघीय सरकार जस्तो प्रदेश सरकारले रवैया नदेखाउने भन्दै उनले प्रदेश दुईको सरकारले निर्माण गर्न लागेको कानुनमा पूर्ण प्रेस स्वतन्त्रता रहने जानकारी दिए।
‘देशको चौथो अंग पत्रकारिता क्षेत्रलाई भनिएको छ तर त्यसमाथि अंकुश लगाइयो भने देशका सबै क्षेत्र नै प्रभावित हुन्छ, त्यसैले प्रेसलाई पूर्ण स्वतन्त्रता दिइनुपर्छ’,उनले भने।