सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनले स्ववियु निर्वाचनको मिति तय गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेका छन्।
फागुन १४ गते स्ववियु चुनाव गर्न माग गरे पनि अहिलेसम्म कार्यतालिका सार्वजानिक नगरेको भन्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले सोमबार उपकुलपतिको कार्यालय घेराउ गरेको अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।
स्ववियु निर्वाचनका लागि त्रिविले आजै शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति गठन गरेको छ। समितिको बैठक बसेर स्ववियु निर्वाचनको मिति र कार्यतालिका तय गर्ने त्रिविले जनाएको छ।