प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नतिजामुखी विकासको काममा प्रतिवद्ध रहेको बताएका छन्।
आइतबार आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘सरकार विकास दूरदृष्टिमा कुनै दोधारोमा छैन। हामी नतिजामुखी विकासको काममा प्रतिवद्ध छौं।’
साथै, उनले विकास र समृद्धिका लागि काम गरिरहेको बताए।
उनले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको भन्दै यसका लागि सरकारले सुशासनको वातावरण बनाउने बताए।
उनले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न समेत आह्वान गरे।
‘तपाईंहरूको लगानीको सुरक्षा सरकारले गर्छ। लगानीबाट तपाईंहरूले नाफा आर्जन गर्न पनि सक्नुहुन्छ’, उनले भने।
उनले नेपाल लगानीका लागि उर्वर भूमि भएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभई नेपाललाई विश्वसँग जोडिने अवसर पनि हुने बताए।