द्वन्द्वकालमा क्षति पुगेको गोरखाको सहीद लखन गाउँपालिका बुंकोट प्रहरी चौकी भवन पुनर्निर्माण गरिएको छ।
एक करोड ४४ लाख रुपैंयाको लागतमा निर्माण गरिएको भवनको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले शुक्रबार उद्घाटन गरे।
राष्ट्रिय पुनःनिर्माण कोषको सहयोगमा उक्त चौकी निर्माण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए।
भवनमा महिला र पुरुष बन्दीका लागि बेग्लाबेग्लै कोठा छन्। कार्यालय प्रमुखको निवास, हिरासत, महिला तथा पुरुष व्यारेक, भान्छा प्रशासन र सञ्चार कक्ष रहेको उनले बताए।