अख्तियार दुरूपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकाललाई भ्रष्टाचार मुद्दा लगाएको छ।
उनी अहिले धादिङको खनियावास गाउँपालिकाको कार्यालयमा कार्यरत छन्।
उनले न्यायपरिषदमा लेखापाल हुँदा २४ लाख,४६ हजार २ सय १२ रकम झिकी हिनामिना, हानीनोक्सानी, दुरूपयोग गरी निजी प्रयोगमा लगाएको भन्दै अख्तियारले उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनी तीन वर्षअघि न्यायपरिषदको लेखापाल थिए।
अख्तियारले ढकाललाई २४ लाख ४६ हजार २ सय १२ रुपैयाँ विगो असुल गर्न र त्यति नै जरिवाना तिराउन माग गरेको छ।
साथै उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र १(च)अनुसार २ वर्ष ६ महिनादेखि ४ वर्षसम्मको कैद सजाय गर्न पनि अख्तियारको माग छ।