नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना भएकी छन्।
चिसो र रूघाखोकी लागेपछि उनलाई ललितपुरस्थित सुमेरू अस्पतालमा भर्ना गरिएको दाहालको पारिवारिक स्रोतले जानकारी दिएको छ।
‘पहिलेदेखि नै बिरामी हुनुहुन्थ्यो। केही दिनयता चिसो र रूघाखोकीले सताएपछि अस्पताल भर्ना हुनुभएको हो, त्यस्तो गम्भीर केही छैन,’ स्रोतले भन्यो।
सीता मस्तिष्कसम्बन्धी रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छन्। स्वदेशका विभिन्न अस्पतालमा परीक्षण गर्दा रोग एकीन नभएपछि उनलाई सिंगापुरलगायत विदेशका अस्पताल लगिएको थियो।
गत कात्तिकमा उनलाई लिएर दाहाल म्याग्दीको तातोपानी कुण्डमा नुहाउन गएका थिए।