पृथ्वी जयन्तीको अवसरमा शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ।
नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगर कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको नगर प्रमुख डा.धवल शम्शेर राणाको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
जारी विज्ञप्तिमा ‘नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगर मातहतका सम्पूर्ण कार्यालय’ सार्वजनिक बिदा हुने जनाइएको छ।
राणा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुख विजयी भएका हुन्। राप्रपाले सरकारलाई पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवसका रूपमा बिदा दिन माग गर्दै आइरहेको सन्दर्भमा सो पार्टी प्रमुख भएको नेपालहन्ज नगरपालिकाले बिदा दिएको छ।