नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद विनोद चौधरीलाई पार्टीको महासमिति सदस्य मनोनित गरेका छन्।
महासमिति बैठकमा सहभागी हुन सभापतिले दश जना मनोनित गर्न पाउने कांग्रेसको विधानअनुसार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका गोरखाका स्वर्णिम वाग्ले पनि महासमिति सदस्य मनोनित भएका छन्। सभापति देउवाले पर्साका अनिलकुमार रुंगटा, सर्लाहीका शम्भुलाल श्रेष्ठ र दीपक अधिकारीलाई पनि मंसिर २८ गते महासमिति सदस्य मनोनित गरेको कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले बताए।
उनीहरु काठमाडौंमा जारी महासमिति बैठकमा सहभागीसमेत भएका छन्।
देउवाले यसअघि पाँच जनालाई महासमिति सदस्य मनोनित गरेका थिए।