अर्थ मन्त्रालयका राजश्व सचिवको सरूवा भएको छ। सरकारले राजश्व सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ।
ढुंगानाको ठाउँमा लालशंकर घिमिरेलाई ल्याइएको छ। घिमिरे यसअघि प्रधानमन्त्री कार्यालयमा थिए।
बिहीबार बसेको मन्त्रिपरिद्को बैठकले सचिव सरूवाको निर्णय गरेको हो। सरूवाको पत्र बुझिसकेको र आजै मन्त्रालयबाट बिदाइ हुने ढुंगानाले सेतोपाटीलाई जानकारी दिए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरूवाको हल्ला चलेका ढुंगानालाई सरकारले प्रधानमन्त्री कार्यालयमा तानेको हो।