भारतको उत्तरपूर्वी राज्य मिजोरममा सत्तारूढ भारतीय कांग्रेस आईले पराजय भोगेको छ। आइतबार भएको विधान सभा चुनावको मतगणनामा कंग्रेसले ४० मध्ये ५ सिटमात्र जितेको हो।
क्षेत्रीय दल मिजो नेशनल फ्रन्टले २६ सिट जितेर स्पष्ट बहुमत ल्याएको छ। योसँगै मिजो फ्रन्ट १० वर्षपछि सत्तामा फर्किने भएको छ।
कंग्रेसबाट मुख्यमन्त्री बनेका लाल थन्हावला दुबै निर्वाचन क्षेत्रबाट पराजित भएका छन्। कंग्रेसभन्दा बढी सिट जोराम नेशनालिष्ट पार्टीले जितेको छ। उसले ९ सिट पाएको छ।