गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा समिति गठन गर्दै अन्तरप्रदेश परिषद बैठक सकिएको छ।
बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीले उठाएका विषय समेटेर निष्कर्षसहितको प्रतिवेदन तयार गर्न गृहमन्त्रीसहित मुख्यमन्त्रीहरू रहेको समिति बनाइएको हो।
अर्थमन्त्री युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सदस्य रहेको समितिको सदस्य सचिव मुख्यसचिव लोकदर्शन रेग्मी छन्।
गृहमन्त्री थापा संयोजकत्वको उक्त समितिले आइतबारदेखि सोमबारसम्म चलेको परिषद बैठकमा उठेका विषयवस्तु समेटिएको प्रतिवेदन पुस ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउनुपर्नेछ।
परिषदको बैठक पहिलो पटक बसेको हो। बैठक समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीहरू पनि संघीयता सिक्ने क्रममै रहेको र कर्मचारीले सहयोग गर्नेमा विश्वास गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरेका थिए।