संसदीय सुनुवाइ विशेष समितिले सरकारले सिफारिस गरेको राजदूतको नाम समितिबाट अनुमोदन गरेको छ।
आइतबार बसेको समितिको बैठकले विभिन्न चार देशका लागि सिफारिस प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको हो।
समितिको बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकालको नाम सर्वसम्मत निर्णयबाट अनुमोदन गरेको हो।
सुनुवाइ समितिले आइतबार बिहान ११ बजे देखि बेलुका ६ बजे सम्म प्रस्तावित चारैजना राजदूतहरूको पालैपालो सुनुवाइ गरेको थियो।
सरकारले सिफारिस गरी पठाएका चारै जनालाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यो पनि,
नेपाल-चीन सम्बन्धको अर्थ भारतसँग कटौती होइन : प्रस्तावित राजदूत आचार्य