नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले दोलखाको पाँच वटा स्थानीय तहलाई एम्बुलेन्स खरिद गरिदिएका छन्।
सांसद लामाले आमाबुवाको नाममा सञ्चालित तेङिमा-दाडो लामा स्मृति प्रतिष्ठानबाट तामाकोशी गाउँपालिका ३ जफेँ, मेलुङ गाउँपालिका ६, विगुँ गाउँपालिका, कालिञ्चोक गाउँपालिका ९, जिरी नगरपालिका १ का लागि एक/एक वटा एम्बुलेन्स दिएका हुन्।
यी गाउँमा एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान पनि समस्या थियो।
सांसद लामाका अनुसार थप पाँच एम्बुलेन्स पनि खरिद गर्ने तयारी छ। सांसदका लागि आउने पारिश्रमिकबाट गाउँका लागि एम्बुलेन्स किनिदिएको उनले बताए।
कांग्रेसका उपसभापति विमलेन्द्र निधि, सांसद पार्वत गुरुङ र शान्ति पाख्रिनलगायतको उपस्थितिमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
लामा समानुपातिक तर्फबाट प्रतिनिधिसभाका सांसद हुन्।