अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्।
प्रमुख आयुक्त घिमिरेले संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नदिइने पनि स्पष्ट पारे।
भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार हुन नदिन सरकार, नागरिक समाज र सञ्चार माध्यम सबैको एकीकृत प्रयासको जरूरी रहेको पनि बताए।
प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।
प्रमुख आयुक्त घिमिरेले प्रदेश र स्थानीय तहलाई पनि भ्रष्टाचार हुन नदिन विशेष निगरानी राख्न सचेत गराए।
उनले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी समेत दिए।