संसदीय सुनुवाइ समितिले भारतसहित चार देशमा सिफारिस भएका राजदूतलाई सुनुवाइका लागि मंसिर २३ गते डाकेको छ।
सरकारले निलाम्बर आचार्य (भारत), उदयराज पाण्डे (मलेसिया), कृष्णप्रसाद ढकाल (युएई) र अन्जान शाक्य (इजरायल) का लागि राजदूत सिफारिश गरेको छ।
समितिले त्यसअघि २१ गते दिउँसो उजुरीकर्तासँग छलफल गर्नेछ।
समितिमा प्रस्तावित कुनैपनि राजूदतविरुद्ध व्यक्तिगत उजुरी छैन। तर एक उजुरीकर्ताले सरकारले राजदूत सिफारिस गर्दा ७६ देखि ३६ वर्षका मान्छे रोज्नुको औचित्य पुष्टि गर्न चुनौती दिएका छन्।
उनले उजुरीमा राजदूत सिफारिस गर्दा समावेशितालाई ख्याल नगरिएकोप्रति समेत असन्तुष्टि पोखेको संघीय संसद सचिवालयका सचिव ध्रुव घिमिरेले जानकारी दिए।
समितिले राजदूत नियुक्तिसम्बन्धी नयाँ कार्यविधि निर्माण भएकाले त्यस विषयमा पूर्वराजदूतसँग अन्तरक्रिया गर्ने भएको छ।
पुष्कर मानन्धर नेतृत्वको पूर्वराजदूतहरूको संस्थाका पाँच जनालाई समितिले छलफलका लागि डाकेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।