बिहीबार बिहान गृहमन्त्री रामबहादुर थापा लोकन्थलीमा भेटिए। उनको हातमा झाडु थियो भने अर्को हातमा बेल्चा। भक्तपुरका विभिन्न नगरपालिकाले सुरू गरेको सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियानको पहिलो दिन गृहमन्त्री थापा पनि सडक सफाइमा जुटेका हुन्।
थापासँगै भक्तपुरका सांसद महेश बस्नेतलगायत अन्य पनि सडक सफाइमा सहभागी थिए।
अरनिको राजमार्गको मनोहरा खोलादेखि साँगासम्मको सडक सफा, सुरक्षित र फराकिलो पार्न अभियान सुरू भएको हो। महिनादिनभित्र यो सडकमा दुर्घटना घटाउने, सरसफाइ बढाउने र सडक अतिक्रमण गरेका घर टहरा हटाउने अभियानको लक्ष्य छ।
तस्बिरहरू : रासस