ललितपुर महानगरपालिकाले करारमा कर्मचारी राख्ने योजना अघि सारेको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले करारमा कर्मचारी राख्ने योजना सार्वजनिक गरेका हुन्।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ‘स्थायी कर्मचारीबाट काम लिन गाह्रो भएपछि’ आफूहरू करारमा कर्मचारी राख्न बाध्य हुनु परेको पनि स्पष्ट पारे।
करारमा राखेका कर्मचारीहरूले राम्रो काम गरे २ वर्षपछि उनीहरूको म्याद थप गर्ने ललितपुर महानगरपालिकाको योजना छ।
मेयर महर्जनले सबै वडामा इन्जिनियरहरू खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न लागिएको जानकारी पनि दिए।
ललितपुर महानगरपालिकाभित्र २९ वटा वडा रहेका छन्। ती सबै वडामा इन्जिनियर नियुक्त गर्ने तयारी भइरहेको मेयर महर्जनले बताए।
स्थानीय तह सञ्चालन ऐन अनुसार महानगरपालिकाले हरेक वडामा इन्जिनियर नियुक्त गर्नुपर्ने हुन्छ।
मेयर महर्जनले नेपाल सरकारको नीतिगत निर्णयमा ढिलाइ हुँदा स्थानीय सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको दाबी समेत गरे।