स्वर्गीय राजा वीरेन्द्रको परिवारको ७१ रोपनी जग्गा नेपाल ट्रष्टले लिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत् गत २५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले स्वर्गीय राजा वीरेन्द्रको परिवारको ७१ रोपनी जग्गा नेपाल ट्रष्टले लिने सरकारले निर्णय गरेको बताए।