प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर १ गते शनिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको हो।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा बोलाइएको हो।
मंसिर अन्तिम साता हुने महासमिति बैठक, पार्टीको संघीय विधान र समसामयिक राजनीतिक परिस्थितिको बारेमा बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ।