प्रहरी प्रधान कार्यालय नक्सालले डिआइजीको सरुवा गरेको छ। एसएसपीबाट केही समय अगाडि बढुवा भएका डिआइजीको सरूवा तथा पदस्थापना गरेको हो।
डिआइजी हरिबहादुर पाललाई प्रदेश नम्बर दुईको प्रमुख बनाएर पठाइएको छ। यसअघि प्रेदश दुई प्रमुखमा डिआइजी दिनेश अमात्य थिए।
केन्द्रीय अनुसन्धान व्यूरोमा डिआइजी निरजबहादुर शाहीलाई ल्याइएको छ। यसअघि डिआइजी नारायणसिंह खड्काले व्यूरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा डिआइजी शैलेश थापा क्षेत्रीलाई सरूवा गरेको छ। डिआइजी मनोज न्यौपाने यसअघि महानगरीय कार्यालको प्रमुख थिए।
डिआइजी प्रधुम्न कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा गरिएको छ।