नेपाली कांग्रेसले कात्तिक १६ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
अघिल्ला वर्षहरूमा कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्ने गरेको भए पनि पार्टी नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएपछि पूर्वनिर्धारित कार्यक्रम पछि सारिएको हो।
पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको नेता विमलेन्द्र निधिले ट्वीटरमा उल्लेख गरेका छन्।
उनले ट्वीटरमार्फत् कात्तिक १६ गते दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा चियापान कार्यक्रम हुने बताए।
बडादसैं, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वको अवसर पारेर कांग्रेसले चियापान समारोह गर्न लागेको हो ।