कृष्णनगरमा लगाइएको निषेधाज्ञा पूर्ण रूपमा हटाइएको छ। स्थानीयवासी युवाबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ ५ बजेदेखि पटक पटक लगाउँदै निषेधाज्ञा लगाउँदै आएको थियो।
कृष्णनगर बजार क्षेत्रमा शुक्रबार दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएको थियो। आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो।
निषेधाज्ञा हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।