प्रधानमन्त्री केपी ओलीसँग टिका ग्रहण गर्ने सर्वसाधारणका लागि सोमबारदेखि एक घन्टामात्र समय तोकिएको छ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार ओलीले सोमबारदेखि बिहान साढे ८ र साढे ९ बजेसम्म मात्र टिका लगाइदिने भएका छन्। कार्यालयको काममा बाधा नपर्ने गरी समय तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।
प्रधानमन्त्री ओलीले चतुर्दशीसम्म सर्वसाधारणलाई टिका लगाइदिने उनले बताए। ‘प्रधानमन्त्रीको हातबाट टिका ग्रहण गर्न सर्वसाधारण, नेता, सांसद र मन्त्रीहरू आइरहने भएकाले चतुर्दशीसम्म टिकाको समय तोकिएको हो,’ अर्यालले भने, ‘कार्यालय समयलाई समेत ध्यानमा राखेर समय तोकिएको हो।’