नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउनु छ भने संविधान संशोधन हुनु आवश्यक रहेको बताएका छन्।
नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा शुक्रबार आयोजित दुई दिने विधान संशोधन एवं सुझाव सङ्कलन सम्बन्धी प्रदेशस्तरीय भेलामा नेता पौडेलले काङ्ग्रेसलाई सवल, सक्षम र बलियो बनाउन विधान संशोधन आवश्यक रहेको बताए।
काङ्ग्रेसले सङ्घीयता र समावेसीतालाई ध्यानमा राखी विधान संशोधन गर्न लागेको उनले बताए। केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले लोकतन्त्र र समाजवादमा आधारित काङ्ग्रेस गएको तीन तहको निर्वाचनमा हार बेहोर्नुको मुख्य कारण सङगठनभित्र व्यवस्थापनको कमजोरी रहेको बताइन्। विधान संशोधन समिति प्रदेश नं २ का संयोजक डा मीनेन्द्र रिजालको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, काङ्ग्रेस पर्साका अध्यक्षलगायतले विधान संशोधनका विविध विषयबारे धारणा राखेका थिए।
भेलामा प्रदेश नं २ का ८ जिल्लामध्ये पर्सा, बारा, रौतहट, सर्लाहीका सभापतिलगायतका नेताको सहभागिता छ।