सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याएको नागरिकता ऐनसम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाएका छन्।
वरिष्ठ नेता खनालले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’प्रति असन्तुष्टि जनाएका हुन्।
संघीय संसदमा विचाराधीन सो विधेयक त्रुटिपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन सरकार र संसदलाई खबरदारी गर्न पनि उनले नागरिक समाजका अगुवाहरूलाई आग्रह गरे।
सोमबार नागरिक ऐनसम्बन्धी विधेयकका विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय हितलाई प्रवर्द्धन गर्न पनि संघीय संसद र सरकारले सो विधेयकलाई सच्याउनुको विकल्प नरहेको पनि स्पष्ट पारे।
वरिष्ठ नेता खनालले नागरिकता दिने कामलाई सरकारले सचेत ढंगल अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए।
उनले नागरिकता वितरणसम्बन्धी हालको विवादलाई समाधान गर्न राष्ट्रिय बहसकै आवश्यकतामा पनि जोड दिए।