संघीय संसदको दुई संयुक्त समितिको सभापति निर्विरोध चयन भएका छन्।
संसदीय सुनुवाई समितिमा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्ण निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपाकी निरादेवी जैरुको एकल उम्मेद्वारी परेपछि उनी पनि निर्विरोध भएकी हुन्।
संयुक्त समितिको सभापति टुङ्गो लागेसँगै संघीय संसदका १६ वटै समितिले सभापति पाएका छन्। राष्ट्रिय सभामा ४ वटा समिति रहेका छन् भने प्रतिनिधि सभा तर्फ १० वटा समिति छन्। त्यस्तै दुई वटा संयुक्त समिति रहेका छन्।
संसदीय समितिका सभापतिले राज्यमन्त्री सरह गाडि, सुरक्षा र सचिवालय सुविधा पाउँछन्।