राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा शुक्रबार राति सिंगापुर प्रस्थान गरेका छन्।
असोज ८ गतेदेखि सिंगापुरमा हुने एक कार्यक्रममा सहभागी हुन पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापा प्रस्थान गरेका हुन्।
सिंगापुरमा हुने ‘विमस्टेक २०: प्राथमिकता र संभावना’ विषयक कार्यक्रमलाई अध्यक्ष थापाले सम्बोधन गर्ने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सेतोपाटीलाई बताए। थापा असोज ९ गते स्वदेश फर्किन्छन्।