बंगालको खाडीबाट सुरू भएको सामुद्रीक आँधी डायको नेपालमा पनि असर परेको छ।
हिजो सुरू भएको सो आँधी अहिले पश्चिमतिर बढिरहेको छ। असरस्वरूप भारतका विभिन्न राज्यमा भारी वर्षा र हावाहुरी भइरहेको छ।
त्यसको असर नेपालमा पनि परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले सजगता अपनाउनु आग्रह गरेको छ।
‘मध्य र पश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा पनि बर्षा हुन्छ। आइतबारदेखि मात्र मौसम सुधार हुन्छ,’ महाशाखाका मौसमविद् वरूण पौडेलले सेतोपाटीसँग भने।