सांसदहरूले निजगढमा विमानस्थलका लागि रूख काट्न हतारो गरेकोबारे प्रश्न उठाएका छन्।
सत्तारुढ र विपक्षी सांसदले वातावरणीय क्षतिबारे मन्त्रीको जवाफ मागेका हुन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद हृदयेश त्रिपाठीले बिहीबारको संसद बैठकमा बोल्दै भने- अहिले नै रूख काट्न किन हतारो गरिएको हो?
उनले विमानस्थल निर्माणका लागि आवश्यक डिपिआर र लगानीको स्रोतबारे पनि जवाफ माग गरे।
त्रिपाठीले अहिले रूख कटान गरी त्यहाँ जग्गा कब्जा गरेर बस्ती बस्ने आशंका उब्जिएको बताए।
बाराबाट निर्वाचित नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले डिपिआर तयार नगरी अन्तराष्ट्रिय विमानस्थलमा २४ लाख रूख कटानको तयारी भएकोमा आपत्ति जनाए।
‘म मन्त्रीलाई सोध्न चाहन्छु रूख कटान हुदाँ पर्यावरण र मानवीय क्षति रोक्न वृक्षारोपण कहिले हुदैँछ’, चौधरीले भने, ‘३८ हजार हेक्टर वृक्षारोपण कहाँ गरिन्छ। त्यस क्षेत्रको पानीको मुहान सुक्दैछ। वैकल्पिक सिचाइँको व्यवस्था के गर्दैछ?’
उनले परियोजनाको पूर्वमा स्मार्ट सिटी बन्दै गरेको अवस्थामा किन विमानस्थललाई सिटी आवश्यक भन्दै प्रश्न गरे।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि पर्यटन मन्त्रालयले वन मन्त्रलायसँग रूख काट्न अनुमति माग्दै पत्र लेखेपछि त्यहाँ काटिने रूखको संख्या र त्यसको औचित्यका बारे विभिन्न कोणबाट प्रश्नहरू उठिरहेका छन्।
यो पनि पढ्नुस् :