राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले न्याय माग्दै जनता सडकमा उत्रनुपर्ने अवस्था आउनु दुखद भएको बताएका छन्। दुई तिहाइ सरकार रहेको बेलामा राज्य संयन्त्र नै अपराधी लुकाउन र ढाकछोप गर्न प्रयोग हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए। काभ्रेको धुलिखेलमा शनिबार पार्टी भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले 'निर्मला पन्त बलात्कारपछि हत्या घटनामा राज्य संयन्त्र अपराधी लुकाउन प्रयोग हुनु निर्लज्जताको पराकाष्ठा' भएको बताए।
अगुवा कार्यकर्ता भेलामा प्रदेश-३ का अध्यक्ष विक्रमबहादुर थापा, आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ, उदय सिंह मुस्याजु, महिला नेतृ यवती कार्कीलगायत सहभागी छन्।