प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एक अर्काका सहयोगी भएको बताएका छन्।
बिहिबार राजधानीमा सुरू भएको बिमस्टेकको चौथो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल धेरैभन्दा धेरै क्षेत्रीय सहकार्यको पक्षमा रहेको बताएका हुन्।
उनले बंगलादेश, भुटान, भारत र नेपाल रहेको (बिबिआइएन) पनि यस्तै सहयोगी उपक्षेत्रीय संगठनको रुपमा रहेको उल्लेख गरे।
ओलीले सम्मेलनको उद्घाटन गर्दै बुद्ध र सगरमाथाको देशमा बिमस्टेक राष्ट्रका प्रमुख र सरकार प्रमुखलाई स्वागत गरे। सम्बोधनको क्रममा समेत ओलीले बौद्ध दर्शनले बिमस्टेक राष्ट्रहरुलाई जोडेको बताए। साथै बुद्धिस्ट सर्किट कार्यान्वयनमा ल्याएको अवस्थामा पर्यटन विकास हुने र कनेक्टिभिटी बढ्ने बताए।
ओलीले बिमस्टेक राष्ट्रबीचको कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे। ‘हामीले अन्तरदेशीय सञ्जालहरुमा लगानी वृद्धि गर्नुपर्छ’, ओलीले भने, ‘यसले मात्र हाम्रो क्षेत्रमा सहकार्य बढ्नेछ। साथै व्यापार, पर्यटन र उर्जा सहकार्यमा सहयोग पुर्याउनेछ।’
ओलीले पूर्वाधारको कनेक्टिभिटीले उद्योग, बजार र ज्ञान बढ्न सक्ने बताए।
प्रधानमन्त्री ओलीले बिमस्टेकका सदस्य राष्ट्रहरुले आकारको आधारमा नभइ न्याय र बराबरीको सिद्धान्तमा सहकार्य गर्नुपर्ने बताए।
‘राजनीतिक दृढता र सहि नीतिले मात्र बिमस्टेकले सफलता प्राप्त गर्न सक्छ’, ओलीको भनाई थियो। प्रधानमन्त्री ओलीले बिमस्टेक राष्ट्रले विश्वको २२ प्रतिशत जिडिपीलाई प्रतिनिधित्व गर्ने उल्लेख गरे। उनले जयवायू परिवर्तनले बिमस्टेक राष्ट्रहरुलाई समस्यामा पारेको बताए।
ओलीले चौथो चरणको अद्यौगिक क्रान्ति सुरु भएको उल्लेख गर्दै प्रविधिमा आएको क्रान्तिले व्यापक परिवर्तन ल्याएको बताए। 'हामीले थप सूचना प्रविधीमा लगानी गर्नुपर्छ', ओलीले भने, 'हामीले युवामा लगानी गरनुपर्छ। उद्यममा लाग्न प्रोत्साहन गर्नुपर्छ।
‘व्यापार नै अर्थतन्त्रको इन्जिन हो। तर, बिमस्टेक राष्ट्रबीच निकै थोरैमात्र व्यापार भैरेहको छ’, ओलीले भने, 'व्यापारमा सहयोग, सहजीकरण तथा भन्सार सहजरीकणमार्फत लगानी वृद्धि गर्न जरुरी छ।’
ओलीले उनले अवरोधरहित व्यापार सहजिकरणमा जोड दिए। एकीकृत बजार, एकीकृत अर्थतन्त्रले विकासशिल र अतिकमविकसित मुलुकलाई फाइदा पुग्ने उनको भनाई थियो। ओलीले रोजगारी श्रृजना, कृषिको आधुनिकिकरण, पूर्वाधारको विकास, पर्यटनले मानवीय सूचङ्काकमा परिवर्तन ल्याउने उल्लेख गरे।
ओलीले अन्तरदेशीय अपराधलाई घटाउन सहकार्य बढाउन जरुरी रहेको समेत धारणा राखे।
हेर्नुहोस् प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्ण पाठ