नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पदाधिकारीहरू सहभागी थिए।
कांग्रेसले शुक्रबार केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक बस्नुअघि बैठकका एजेण्डा तय गर्न पदाधिकारीहरू अनौपचारिक छलफलमा जुटेका हुन्।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विधान मस्यौदा समिति गठन गर्ने र महासमिति बैठक तोक्नेजस्ता विषयमा छलफल भएको हो।
देश संघीय संरचनामा गइसक्दा पनि कांग्रेस संघीय संरचनामा जान सकेको छैन। संघीय संरचनामा पार्टीलाई लैजान मस्यौदा समिति गठनको अन्तिम तयारी कांग्रेसले गरेको छ।